|

अर्घाखाँची : त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्यम्पसहरुमा चुनाव हुने नहुने अनश्चित भइरहेका बेला अर्घाखाँचीको पाणिनी वहुमुखी क्याम्पसमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नेतृत्वको प्यानल विजयी भएको छ।

क्याम्पसमा आइतबार चुनाव भएर राति सम्पन्न मतगणनामा क्रान्तिकारीका लक्ष्मण खड्काले नेतृत्व गरेको संयुक्त प्यानल विजयी भएको हो। खड्का अखिल (क्रान्तिकारी) र नेविसंघ सहितको संयुक्त प्यानलको तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका थिए।

खड्काले २६६ मत प्राप्त गरेका छन्। खड्काका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका वसन्त श्रेष्ठले १९६ मत प्राप्त गरेका छन्। उनले अखिल (छैठौं) सहितको संयुक्त प्यानलको नेतृत्व गरेका थिए। खड्का नेतृत्वको प्यानलबाट नेविसंघका वर्जना खनाल सचिव र घनश्याम पौडेल कोषाध्यक्षमा विजयी भएका छन्।

कुल ६३२ मतदाता रहेको पाणिनी क्याम्पसमा ४६९ मत खसेको थियो। यसअघि क्रान्तिकारीले विभिन्न १३ वटा क्याम्पसमा स्ववियु अध्यक्ष जितिसकेको छ। भने अनेरास्ववियुले राजधानीबाहिरका ९ ओटा क्याम्पसमा अध्यक्ष पद जितेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.