|

काठमाडौं : नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ३ क्याम्पसमा स्ववियुमा जीत हासिल गरेको छ। यसअघि उसले ९ क्याम्पसमा स्ववियु अध्यक्षमा विजय हासिल गरेको थियो।

उद्धबुद्ध बहुमुखी क्याम्पस पाल्पामा नविन आचार्य स्ववियु अध्यक्षमा निर्वाचित भएका छन्। अमरदीप क्याम्पस सुर्खेतमा हरी देवकोटा र सिद्धदेवी क्याम्पस पाँचथरमा रविन सम्बाहाम्फे स्ववियु अध्यक्षमा निर्वाचित भएको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले जानकारी दिए।

सिद्धदेवी क्याम्पस, पाँचथरमा अनेरास्ववियुसहित अन्य विद्यार्थी संगठनहरुबीच सर्वसम्मतिका आधारमा अध्यक्ष चयन गरिएको उनले जानकारी दिए।

विभिन्‍न क्याम्पसमा स्ववियु चुनाव नहुने अवस्था आएपनि राजधानीबाहिरका केही क्याम्पसहरुबाट स्ववियु चुनावको नतिजा आइरहेको छ। यसअघि माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले १३ क्याम्पसमा स्ववियु अध्यक्षमा आफ्ना उमेद्‍वार निर्वाचित भएको जानकारी दिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.