|

डोल्पा : शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकारी रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ। हिउँद याममा हुने चोरी शिकारी रोक्न निकुञ्ज क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर निगरानी गरिने भएको हो।

नेपालकै गहिरो ताल फोक्सुण्डोमा आयोजित १६औं जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण इकाइको बैठकबाट यस्तो निर्णय गरेको हो। निकुञ्ज क्षेत्रमा हिँउद याममा अत्याधिक चिसो हुने भएकाले पोष्टहरु गाभिने गरिन्छ। 

हिउँदको करिब छ महिना यस क्षेत्रका बासिन्दा पशु चौपायसहित चिसो छल्न बेशी झर्ने भएकाले यस समयमा तस्करहरुको बिगबिगि हुने  भएकाले ड्रोनबाट गस्ती गरिने प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्को आयोजना र विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा आयोजित बैठकमा कर्णाली प्रदेशका वन सचिव कृष्णप्रसाद आचार्यसहित जिल्लास्तरीय सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। ठूलो भुगोल, कम जनशक्ति र भौगोलिक रुपमा विकट शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संरक्षणका लागि आधुनिक प्रविधिबाट गस्ती गर्न अति आवश्यक रहेको आचार्यको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.