|

बैतडी : साथीको हत्या गरेर भारत भाग्दै गरेको अवस्थामा बैतडी प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ। दार्चुलाको लेकम गाउँपालिका–४ का ३० वर्षीय रमेश पाललाई प्रहरीले समातेको हो।

उनलाई दशरथचन्द नगरपालिका ६ सेरास्थित महाकाली नदी छेउबाट नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए। 
पाललाई लेकम गाउँपालिका–४ टकनाका तेज बहादुर पालको शनिबार राति हत्या गरेको आरोप लागेको छ। तेज घर नजिकै शनिबार राति मृत भेटिएपछि सँगै रहेका रमेशको खोजी सुरु गरिएको थियो।  

प्रहरी हिरासतमा रहेका पालले आफूले टाउकोमा लठ्ठीले हिर्काएर तेजको हत्या गरेको स्वीकारेका बैतडी प्रहरीले जनाएको छ। भाग्दै गरेको अवस्थामा बिहान ६ बजे उनलाई प्रहरीले समात्न सफल भएको थियो। 

बैतडी प्रहरीको हिरासतमा रहेका उनलाई थप अनुसन्धानका लागि दार्चुला प्रहरीको जिल्ला लगाउने तयारी भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.