|

गुल्मी : इश्माका आगलागी पीडितलाई नेपाली काँग्रेस गुल्मीले दुई लाख सहयोग गर्ने भएको छ।

पीडितहरूको घाउमा मलम लगाउन र दुःखमा नेपाली काँग्रेस साथमा रहेको सन्देश दिन काँग्रेसले दुई लाख सहयोग गर्ने निर्णय गरेको पार्टी सभापति खिलध्वज पन्थीले जानकारी दिए।

पन्थीले पार्टी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी उक्त रकम सहयोग गर्ने निर्णय भएको बताउँदै सबै राजनीतिक दल र संघ संस्थाले सहयोग गर्न पनि आग्रह गरे।

इश्मा बाहेक अन्य स्थानीय तहमा पनि आगलागीबाट पीडितहरूलाई सहयोग गर्नका लागि आफूहरूले योजना बनाएको समेत उनले सुनाए।

गत शनिवार इश्मामा आगलागीबाट ६४ गोठ र २६ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने १९९ जना व्यक्ति प्रभावित भएका छन्। आगलागीबाट ६७ पशु चौपाया जलेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.