|

काठमाडौं : सुनसरीको धरानस्थित बीपी कोभिड अस्पतालमा सप्तरीका ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। राजविराज-४ का पुरुषको मंगलबार दिउँसो सवा १२ बजे मृत्यु भएको हो।

मृतक पुरुषमा दीर्घ रोग रहेको अस्पतालले बताएको छ। उनलाई म‌ंसिर १ गते कोरोना पुष्टि भई सोही दिन अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

योसँगै प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ११२ पुगेको छ। सप्तरीमा मृत्यु हुनेको संख्या २१, उपचाररत ४१,  संक्रमणमुक्त १९ सय ४१ र कुल संक्रमित १ हजार ९७५ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.