|

सुर्खेत : नेकपा पार्टीको विवादबारे जिल्लास्तरमा पनि गतिविधि देखिन थालेका छन्। यसै क्रममा संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको स्वागत गर्दै ओली समूहले कालिकोटमा दीप प्रज्वलन गरेका छन्।

ओलीका समर्थकले कालिकोट जिल्लाको प्रतिमा चोकमा मंगलवार साँझ प्रधानमन्त्रीको कदमको पक्षमा मैनबत्ती प्रज्वलन गरी खुशी व्यक्त गरेका गरेका छन्। संसद विघटन गर्ने सरकारको कदमको स्वागत गर्दै प्रधानमन्त्रीका समर्थकले दीप प्रज्वलन गरेका हुन्। 

‘नयाँ जनादेश चाहिन्छ, नेकपा जिन्दावाद, राजनेता केपी ओली जिन्दावाद’ जस्ता नारा लगाउदै दीप प्रज्वलन गरिएको हो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.