|

दमक : हिमाल एसोसिएसन काठमाडौंले आजदेखि झापाको दमकमा दुई दिने फिल्म फेष्टिभल सुरु गरेको छ। काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभल (किम्फ) को 'घुम्ती किम्फ' अन्तर्गत बिहीबार नेपालको समसामयिक अवस्थामा तयार पारेका वृत्तचित्र प्रर्दशन गरियो।

पूर्वका पाँच जिल्ला भ्रमणका क्रममा दमकमा फिल्म फेस्टिभल आयोजना गरिएको हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले बताए। फेष्टिभलमा सामाजिक चेतनामूलक १० वटा डकुमेन्ट्रीसहित १३ वटा फिल्म र अन्य आधा दर्जनबढी सर्ट फिल्महरु प्रदर्शन गरिने उनले जानकारी दिए।

फिल्म फेस्टिभलमा 'सुनाकली', २०७२ सालको विनासकारी महाभूकम्पलाई आधार बनाएर तयार पारिएको बृत्तचित्र 'भाग्यले बाँचेकाहरु', 'देवकीको खोजीमा', 'मेला', 'राइज एन्ड फल', मीरा' लगायतका विभिन्‍न डकुमेन्ट्री प्रदर्शन गरियो। नेपाल रेडक्रस सोसाइटी, दमक जेसीज र वाङमय प्रतिष्ठानको संयोजनमा वृत्तचित्र प्रदर्शन गरेको दमक आयोजकले जनाएको छ।

फेस्टिभलमा प्रदर्शन भएको वृत्तचित्र विभिन्‍न समयमा नेपाली डकुमेन्ट्री पुरस्कारबाट पुरस्कृत भैसकेका छन्। प्रर्दशनीमा दमक क्षेत्रका नीजि तथा समुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरु सहभागी थिए। वृत्तचित्रहरु बिहान, ११ दिउँसो १ र ३ बजे गरि दैनिक तीन पटक प्रर्दशन गरिने आयोजकले जनाएको छ।

२०७२ साल बैशाखको विनासकारी भूकम्पलाई आधार बनाएर तयार पारिएको वृत्तचित्र 'भाग्यले बाँचेकाहरु' हेर्दै गर्दा विद्यार्थीहरु समेत भावुक बनेका थिए। उक्त वृत्तचित्रमा भूकम्पका बेला नेपाल प्रहरी शसस्त्र प्रहरीले उद्वारको कार्यमा खटिएर गरेको उदाहरणीय कार्यलाई समावेश गरिएको छ। वृत्तचित्रमा भूकम्पले भत्किएका संरचनाबाट मानिसको उद्वार गरिएको कार्यलाई समेत प्रस्तुत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.