|

ललितपुर : जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ।

शुक्रबार दुवै पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा ललितपुरमा एक कार्यक्रम आयोजना गरी दुई पार्टीबीच एकता घोषणा भएको हो। एकता घोषणा कार्यक्रममा नेताहरुले नेपालमा लामो समयदेखि चलिआएको लोकतान्त्रिक आन्दोलनमा श्रमजिवी जनता र उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई एकताले शक्ति प्रदान गर्ने बताएका छन्।

कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताए।

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले देशमा जुन राजनीतिक प्रणाली आए पनि पछि पारिएका समुदायले शासनमा आफ्नो अनुभूति पाउन नसकेका कारण विकल्पमा जसपा चाहिएको बताए। 

जनता समाजवादी पार्टी, नेपालले देशमा राजनीतिक विकल्प विभिन्न संघ संगठन तथा पार्टीलाई एकीकृत गर्ने अभियान जारी राख्ने पनि नेताहरुले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.