थाईल्यान्डमा एकजना महिलालाई राजपरिवारको आलोचना गरेको आरोपमा ४३ वर्षको कैद सजाय सुनाइएको छ।
राजतन्त्रको अपमान गरेको आरोपमा थाईल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो। आन्चन भनेर मात्र चिनिने पूर्वप्रशासक महिलाले सामाजिक सञ्जालमा राखेकी थिइन्।
६३ वर्षीया ती महिलाले अडियो फाइल केवल शेअर गरेकी थिइन्। उनले त्यसमा कुनै टिप्पणी गरेकी थिइनन्। थाईल्यान्डको राजतन्त्रको अपमानसम्बन्धी कानुन संसारकै सबैभन्दा कडामध्ये पर्छ।
आन्चनले सन् २०१४ र २०१५ को बीचमा युट्युब तथा फेसबुकमा क्लीपहरू शेयर गरेको २९ विभिन्न आरोपमा दोष स्वीकार गरेकी थिइन्। सुरुमा उनलाई ८७ वर्षको कैद सजाय सुनाइएको थियो। तर उनले दोष स्वीकारेकोले सजाय आधा घटाइयो।
सन् २०१४ मा सेनाले सत्ता कब्जा गरेपछि राजतन्त्रको अपमान गरेको मुद्दा खेप्ने १४ जनाको समूहमध्ये उनी पनि पर्छिन्। उक्त समूहले राजतन्त्रसम्बन्ध आधिकारिक धारणाहरूमाथि प्रश्न उठाइएका पडकास्टहरू अपलोड गर्ने गरेको आरोप छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।