|

जनकपुरधाम : १५ दिने मिथिला मध्यमा परिक्रमा आइतबार सम्पन्न भएको छ। सो परिक्रमाको अन्तिम दिन आइतबार जनकपुर नगरको चारैतिर परिक्रमा गरिएको थियो। परिक्रमामा १५ लाख भन्दा बढीको सहभागिता रहेको दावी गरिएको छ।

परिक्रमामा मिथिला विहारी र किशोरीजीको डोलासंगै जनकपुर क्षेत्रको धार्मिक स्थलहरुको परिक्रमा गर्ने चलन रहेको छ। मिथिला विहारीको डोला र किशोरीजीको डोलासंगै जनकपुरका हरेका मन्दिरको छुट्टा–छट्टै डोला रहने गर्छ।

दूई साता अघि जनकपरको हनुमान नगरबाट परिक्रमा शुरु भएको थियो। नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटर गरी १ सय ३० किलोमिटर पैदल घुम्ने परम्परा रहेको छ। परिक्रमाको क्रममा कलाणेश्वर, गिरिजास्थान, मठिहानी, जलेश्वर, मडै, ध्रुबकुण्ड, कंचनवन, पवर्ता, धनुषाधाम, सतोषर, औरही, करुणा, विशौल घुमेको छ भने आज जनकपुरको अन्तगृह परिक्रमा गरी यसको समापन गरिएको छ।

यो १५ दिने मध्यमा मिथिला परिक्रममा सहभागी हुँदा १ सय ८ तीर्थस्थल बराबरको फल प्राप्त हुने जनविश्वास रहेको छ। परिक्रमामा सहभागीहरुका लागि विभिन्न समाजिक संस्थाहरुले निशुल्क भोजन र स्वास्थ्य शिविर राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.