|

बझाङ : छविसपाथिभेरा गाउँपालिकाका अमृत सिंहको हत्या आरोपमा थप दुईजना पक्राउ परेका छन्।

गत मंगलबार साँझ छविसपाथिभेरा–३ स्थित बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा विवादपछि खुँडा प्रहार गर्दा २७ वर्षीय सिंहको मृत्यु भएको थियो। 

सोही दिन छविसपाथिभेरा–२ का ३२ का ज्ञानबहादुर कडायतलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो। घटनामा संलग्न रही फरार रहेका करिब २८ वर्षीय प्रकाश ऐडी र ३० वर्षीय केदार ऐडीलाई बुधबार थलारा गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.