|

सल्यान : जिएसएमको टावरमा खराबी आउँदा सल्यान तथा सुर्खेतका केही भाग फोनसेवा अवरुद्ध बनेको छ। नेपाल टेलिकम सुर्खेत गुमिचुलामा रहेको नमस्तेको टावरमा शनिबारदेखि समस्या देखिएपछि सेवाग्राही फोन सेवाबाट वञ्चित भएका हुन्। 

टावरमा समस्या आउँदा स्काई, नमस्ते, ल्यान्ड लाइन, इन्टरनेट सेवा बन्द भएका छन्। टावरको रेडियो लोजि ट्रान्समिटरमा खराबी आएको र प्राविधिक खटाइएको चाँडै सन्चालनमा आउने नेपाल टेलिकम सुर्खेतका लेखा अधिकृत बिमल पोखरेलले जानकारी दिए।

उक्त टावरमा खराबी देखिएपछि सल्यानको सल्लीबजार लगायत बनगाड कुपिन्डे नगरपालिका र सुर्खेतको राकम बजार, जामुने बजार लगायत सिम्ता गाउपालिकाका नागरिक फोन सेवा बाट बन्चित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.