|

कालिकोट : संवैधानिक निकायमा सरकाले प्रतिक्रिया मिचेर एकतर्फी रुपमा नियुक्ति गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले आज देशव्यापी आम हड्ताल गरेको छ। यस्तै कालिकोटमा पनि जिल्लामा पनि माधव–प्रचण्ड समूहले सडकमा टायर बालेर बन्द गरेको छ।

बिहान १० बजेसम्म कालिकोटमा बन्दले कुनै प्रभाव नपारे पनि नेकपा कर्णाली प्रदेशका सचेतक कुर्मराज शाही,नेकपाका नेता युवासंघका संयोजक जग फडेरा, अनेरास्ववियु कालिकोटका नेता भीमप्रसाद आचार्य,लगायत नेता कार्यकर्ताहरुले कालिकोटको मान्म बजारको ताडी देखि बजार बन्द गर्न सडकमा निस्केर जिरोप्वाईन्टमा टायर जलाए हुन्।

टायर जलाएलगत्तै नेपाल प्रहरीको टोली र सशत्र प्रहरीको टोलीले बजार बन्द नगर्न आग्रह गर्दै बजारमा गस्ती गरिरहेको छ। ओली सरकारले गरेको संवैधानिक नियुक्तिलाई असंवैधानिक कदम भन्दै  नेकपाको प्रचण्ड–नेपाल समूहले हिजाे नै नेपाल बन्दको आह्‍वान गरेको थियो। बजारका मुख्य ठाउँमा बजार बन्द गरेको भएपनी बजारका भित्रीभागहरुमा बन्दको कुनै असर भने परेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.