|

दैलेख : हिउँदे झरी फाटेसँगै दैलेखको सुन्दरता झकमक्क खुलेको छ। तीनतिर हिमालले घेरेको दैलेख सदरमुकाम नारायण नगरपालिकाबाट हिउँले सेताम्ये भएका हिमालहरुलाई सहजै अवलोकन गर्न सकिन्छ।

दैलेख आफैँमा एक महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा परिचित जिल्ला हो। याहाँ रहेका धार्मिक तथा पुरात्वतिक सम्पदाको अवलोकनका लागि पर्यटको आकर्षण बढ्दो देखिन्छ। त्यसैमा यहाँ आएका पर्यटकहरु तीनैतिर देखिने हिमालहरु दुलहीको घुम्टो जस्तै हिउँमा बेरिएको देख्न पाउँछन्।

जिल्लाको उत्तरमा पर्ने महाबु लेकमा हिउँ परेसँगै त्याहाँ हिउँमा रमाउँन जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि भएको देखिन्छ। दैलेख र कालीकोट जिल्लाको सिमानामा रहेको महाबु लेक धार्मिक हिसाबले महत्वपूर्णस्थल हो।

महाबु जाने पर्यटकले दैलेखको गढी, पाण्डपले निमाण गरिएको बिस्वास गरीने पञ्च देवल, दैलेखको पञ्चकोशि क्षेत्र लगाएतका धार्मीक स्थलको अवलोकन सहजै गर्न पाउँछन्।

उता, पश्चिममा पर्ने भैरवी गाउँपालिका हुँदै कालीकोट सडक सञ्जालले जोडिएसँगै त्यहाँबाट कालीकोटका हिमालहरुमा परेको हिउँको अवलोकन गर्न जाने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलारा पंगाली बताउँछन्।

फोटो विशाल सुनार

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.