|

लन्डन : किकबक्सिङ खेल्दा खेल्दै घाइते भएका एक बालकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ। इङल्यान्डको लिड्समा भएको आईकेएफ ब्रिटिस जुनियर भेन्टामवेट  उपाधिका लागि प्रतिस्पर्धा गरिरहँदा १४ वर्षका स्कट मार्सडेनस विपक्षी खेलाडीको मुक्का खाएपछि शनिबार ढलेका थिए।

उनलाई त्यसपछि उपचारका लागि अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको आज मृत्यु भएको आयोजकले जानकारी दिएका छन्।  आयोजक लिड्स मार्सल आर्टस कलेजले भनेको छ,'यस दुखद घडीमा हाम्रा साथि मार्सडेन्सप्रति हार्दिक समवेदना प्रकट गर्दछौ।'

'स्कटी सधैं हाम्रो हृदयमा रहनेछन् मष्तिस्कमा रहनेछन्। हामी उनलाई सधैं मिस गर्नेछौं। हरेक कोणमा वास्तविक विजेता तथा सकारात्मक उर्जाबाट प्रेरित स्कटी अब गहिरो निन्द्रामा,' आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

वेस्ट योर्कसिर पुलिसले यस घटनामा कुनै आशंका नरहेको बताएका छन्। 'आइतबार दिउँसो १ बजेर २० मिनेट जाँदा अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। अलेकर्‍यान्द्रा मिलस्थित मोर्लेमा शनिबार राती आयोजना भएको किकबक्सिङ प्रतियोगिताका दौरान गम्भीर घाइते भएपछि बालकलाई अस्पताल ल्याइएको जानकारी दिइएको थियो। यी बालकका बाबुआमासँग प्रहरीले सोधपुछ गरेको छ। घटनाको प्रकृति हेरेर सबै जानकारी लिइएको छ,' प्रहरीले भनेको छ।  प्रतिस्पर्धाका दौरान स्कट ढलेपछि रेफ्रीले खेल स्थगित गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.