|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट विघटन भएको संसद पुनःस्थापना हुने बताएका छन्।  

नेपालमा कार्यरत विदेशी मिडियाका प्रतिनिधिहरूसँग कुराकानी क्रममा उनले भने, 'हामी विश्वस्त छौं, प्रतिनिधिसभा पुनःस्थापना हुन्छ। वैशाख १७ र २७ गते निर्वाचन कुनै हालतमा पनि हुँदैन।'  ओली सरकारले घोषणा गरेको निर्वाचन भएमा अर्को असंवैधानिक र अलोकतान्त्रिक कदम थपिने उनले बताए।

उनले माधव नेपालसँग ४ दशक देखिको सहकार्य रहेको भन्दै अहिलको लडाईँ कुर्सी र पदको लागि नभएको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.