|

नवलपरासी : पश्चिम नवलपरासीको भारतीय सीमा क्षेत्रमा भारतीय पक्षले बलमिच्याइँ गरेर दशगजा क्षेत्रमै भौतीक संरचना निर्माण गर्न थालेको छ।

जिल्लाको सिमानाका महेशपुरमा ठुठीबारी नजिकै रहेको सीमा क्षेत्रमा य अघि दशगजा क्षेत्रमै भारतीय पक्षले भन्सार कार्यालय निर्माण सुरु गरेकोमा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता लगायतको टोलीले विरोध गरेका थिए।

विरोधपछि प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकसहित सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अनुगमन गरेपछि भारतीय पक्षले संरचना भत्काएर हटाएको थियो।
दशगजामा पक्की संरचना निखर्माण भइरहेको खबर पाएपछि स्थलगत अनुगमन गरी व्‍यापक विरोध गरेपछि मात्र संरचना हटाएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले बताए।
अहिले फेरि भारतीय पक्षले ठुठीबारी  मुल गेट नजिकै दशगजामै पर्ने गरी पक्की टहरा निर्माण गरेको थियो। दिउँसो मा निर्माण गर्दा विरोध हुने भएपछि भारतीय पक्षले रातारात पक्की टहरा निर्माण गरेको थियो। गाउँपालिका अध्यक्ष गुप्ता लगायतको टोली पुन स्थलगत रुपमानै पुगेर विरोध जनाएपछि भारतीय पक्षले टहरा हटाएको हो।
भारतिय पक्षबाट पटक पटक दशगजा क्षेत्रको अतिक्रमण गर्ने प्रयास भैरहँदा प्रमुख जिल्ला अधिकारी पाठकले भने भारतीय अधिकारहरूसँग कूटनितिक तवरले समाधानको उपाय खोजीनबताएका छन्।

भारतीय पक्षले ठाउँठाउँमा दशजगा  मिचेर सुरक्षा निकाय लगायतको भौतिक संरचना बनाएको छ भने सुस्तालगायत कतिपय क्षेत्रमा नेपाली भूमिमै भारतीय बस्ती बसालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.