विराटनगर : नेकपा (प्रचण्ड–नेपाल) समूहका जिल्ला कमिटी मोरङले संसद् पुन: स्थापनाको खुसियालीमा विजय जुलुस निकालेको छ।
प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधिसभा पुन:स्थापना गर्ने सम्मानित सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बुधबार विराटनगरमा विजय र्याली निकालिएको हो।
विजय र्याली तीनपैनी हुँदै नगरपरिक्रमा गरेर विराटनगरस्थित ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेका थिए। सर्वोच्च अदालतले मंगलबार त्यसको विपक्षमा फैसला गर्दै १३ दिनभित्रमा संसद् बैठक बोलाउन आदेश दिएको छ। यसै फैसलाको खुसियालीमा प्रचण्ड-माधव समूहले देशैभर खुसियाली जुलुस मनाइरहेको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।