|

काठमाडौं : पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ।

२०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।

नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद शर्मा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई निकट नेता थिए। पछिल्लो कालखण्डमा हरियाली पार्टी स्थापना गरेर चर्चामा आएका शर्मा प्रख्यात चार्टर्ड एकाउन्टेन्टका रूपमा समेत चिनिन्थे।

शर्मा विगत केही वर्षयता अस्वस्थताका कारण सार्वजनिक जीवनबाट टाढा रहँदै आएका थिए।

उनी सप्तरीबाट २०४८ मा सांसद निर्वाचित भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.