|

काठमाडौं : बहुचर्चित दक्षिण भारतीय चलचित्र 'बाहुबली:२ द कन्क्लूज' को ट्रेलर सार्वजनिक भएको छ। एसएस राजामौलीको निर्देशनमा बनेको यस फिल्मको ट्रेलरमा प्रभास,राणा दग्गुबती र अनुष्का सेट्टीको एक्सन अवतार देखिएको छ।

फिल्मको ट्रेलर सार्वजनिक भएको सुरुवाती ८ घण्टाभित्र तलेगु भाषाको ट्रेलरलाई १ करोडभन्दा धेरैले हेरेका यूट्‍‍युबमार्फत हेरेका छन्। त्यस्तै हिन्दी भाषामा डब गरिएको ट्रेलरलाई पनि झन्डै ५० लाखले हेरिसकेका छन्।

 ट्रेलरमा देवसेना (अनुषका सेट्टी) र महेन्द्र बाहुबली (प्रभास) को लभ स्टोरी पनि देखाइएको छ। थोरै सिनमा भएपनि उनीहरु रोमान्टिक देखिएका छन्। कटप्पा (सत्यराज) को छोटो झलक पनि ट्रेलरमा देखाइएको छ। बाहुबलीमा प्रमुख भूमिकामा रहेकी अभिनेत्री तमन्ना भाटिया भने ट्रेलरमा समावेश छैनन्। यो फिल्म २८ अप्रिलमा रिलिज हुनेछ। 

'बहुबली-२' सन् २०१५ मा रिलिज भएको सुपरहिट चलचित्र बहुबली 'द बिगिनिङ'को सिक्वेल हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.