|

  •  अनिल खत्री

 गुल्मी : गुल्मी जिल्लामा वनमा लागेको आगो निभाउने र आगोलागीमा परी ज्यान गुमाउनेहरुका आफन्तले सरकारी तवरबाट कुनै पनि राहत पाएका छैनन्।

जिल्ला वन कार्यालय गुल्मीले सञ्चालन गरेको साताव्यापी वन डढेलो व्यवस्थापन सप्ताहमा शुक्रबार गुल्मीका वन अधिकृत विशाल घिमिरेले पत्रकारहरुसँग अन्तक्र्रिया कार्यक्रममा यस्तो गुनासो गरेका हुन्।

गुल्मीमा गत ७ वर्षको अन्तरालमा वनमा लागेको आगो निभाउने र आगलागीमा परी १० जनाको मृत्यु भएको छ। जिल्लाको  हस्तिचौर गाविस वडा नं. ३ स्थित हस्तिचौर सामुदायिक वनमा मिति २०६६ वैशाख १२ गते लागेको डढेलो निभाउने क्रममा हस्तिचौर गाविस वडा नं. ३ का रामलाल घिमिरे, अमर वहादुर कुँवर, देवकला खत्री, सीता कुँवर र धनकला खत्री गरी ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

आगोलागीमा वडागाउँ गा.वि.स. वडा नं. ६ को तिलेहार सामुदायिक वनमा २०६६ वैशाख ५ लागेको वन डढेलो निभाउने क्रममा घाइते भई बेहोस अवस्थामै उपचारको क्रममा वडागाउँ ८ कागोपाल सुनारको मृत्यु भएको थियो। उनीहरुलाई सरकारी तबरबाट सहयोगको लागि जिल्ला वन कार्यालय गुल्मीबाट आग्रह गरिए पनि कुनै पनि राहत प्राप्त नभएको जिल्ला वन कार्यालय गुल्मीले जनाएको छ। 

यस्तै २०७२ चैत २९ गते मामाया गाविसमा पर्ने धैरेनी सामुदायिक वनमा लागेको वन डढेलो निभाउने क्रममा आगोको लप्कोले जल्न गएका मलाया गिरी गाविस वडा नं. १ काकमल खड्काको कीर्तिपुर अस्पताल काठमाडौंमा उपचारको क्रममा २०७३ वैशाख ११ गते मृत्यु भएको थियो। गत वर्ष २०७३ बैशाख १७ मा दोहलीगा.वि.स.मा पर्ने जलुकीे खोला वनमा लागेको डढेलो अनियन्त्रित भई निजी जग्गामा विस्तार हुँदा सो आगोको कारण दोहली गाविस वडा नं. ५ कातुल्सीलामा गुरुङको घट्नास्थलमै मृत्यु भएको थियो।

सोही वनमा  डढेलो निभाउने क्रममागम्भीर रुपले जल्न गई उपचारका लागि पाल्पा लैजाने क्रममा दोहलीगा.वि.स. वडा नं. ६ कालोकबहादुर गुरुङ्गको बाटोमै  मृत्यु भएको थियो। 

 वडागाउँ गा.वि.स. वडा नं. ६ को तिलेहार सामुदायिक वनवाट डढेलो विस्तार भई २०७३ बैशाख १८  गते वडागाउँ गा.वि.स. वडा नं. १ को कर्लाम सामुदायिक वनमा विस्तार भई अनियन्त्रित रुपमागाउँ वस्तीमा प्रवेश गरेको  आगोको कारण सोही वडामा वस्ने वर्ष ६६ का मेहरसिं रास्कोटीको घटनास्थलमै मृत्युभएको थियो। 

वन डढेलो निभाउने क्रममा मृत्यु भएका परिवारहरुलाई हाल सम्म सरकारी क्षेत्रबाट कुनै सहयोग प्राप्त नहुनु अत्यन्तै दुखद पक्ष रहेको वन अधिकृत घिमिरेको भनाई रहेको छ। वन अघिकृत घिमिरेले भने ‘सरकारी क्षेत्रबाट कुनै खालको राहतको लागी बिभागमा पठाएका छौ तर हाल सम्म कुनै खालको राहत आएन्’। वन डढेलो निभाउने क्रममा मृत्यु भएका परिवारलाई कुनै न कुनै राहत सरकारी तबरबाट आबश्यक रहेको अधिकृत घिमिरेको भनाइ छ।

वन डढेलो व्यवस्थापनबारे पत्रकारहरुसँग अन्तक्र्रिया

 जिल्ला वन कार्यालय गुल्मीले साताव्यापी वन डढेलो व्यवस्थानबारे जिल्लाका पत्रकारहरुसँग अन्तक्र्रिया गरेको छ। वन कार्यालयले राखेको अन्तक्र्रियामा वन डढेलो व्यवस्थापन सप्ताह कार्यक्रमबारे जानकारी गराइएको थियो।

सकेसम्म वनमा डढेलो लाग्नै नदिँऊँ लागीहालेमा सबै मिली यथाशिघ्र नियन्त्रण गरौ भन्ने नाराका साथ चैत १ गतेबाट ७ गते सम्म छुट्टाछुट्टै कार्यक्रम गरेर डढेलो व्यवस्थापन सप्ताह कार्यक्रम सञ्चालन गरेको छ।

जिल्ला वन कार्यालय गुल्मीले सप्ताह कार्यक्रमअन्र्गत सदरमुकाम तम्घासमा जिल्लाका विभिन्न सामुदायिक वन, विभिन्न संघ संस्था सरोकारवाला निकायहरुको सहभागितामा डढेलो व्यावस्थापन सम्बन्धमा जनचेतना मुलक ¥याली तथा अन्तक्र्रिया,सञ्चालन गर्ने कार्यक्रमहरु राखिएको जिल्ला वन अधिकृत विशाल घिमिरेले जानकारी गराएका थिए।

 कार्यक्रममा जिल्ला वन कार्यालय गुल्मीका सहायक वन अधिकृत कर्णबहादुर पाण्डेले वन डढेलो नियन्त्रण गर्न कार्यलयको तर्फबाट भएका विभिन्न कार्यक्रमबारे जानकारी गराएका थिए।

वन डढेलो नियन्त्रण गर्न जिल्ला वन कार्यलय गुल्मीले डढेलो नियन्त्रणमा प्रभावकारी कार्यक्रमहरु राखेको वन अधिकृत घिमिरेले बताए। जिल्लाका बढी डढेलो प्रभावित हुने क्षेत्रहरुमा वन कार्यालयको तर्फबाट विभिन्न कार्यक्रम राखिएको सहायक वन अधिकृत कर्णबहादुर पाण्डेयले बताए। डढेलोबाट वन विनास भए मावन तथा गाईवस्तु, वन्य जन्तु र वातावरणमा समेत असर पर्ने हुदा वन डढेलो नियन्त्रण गर्न सबैले यसबारे ध्यान दिन वन अधिकृत घिमिरेले आग्रह गरे।

  हाल वन क्षेत्रबाट ७० प्रतिशत इन्धन, झन्डै ४० प्रतिशत पशु आहारा र अन्य वातावरणीय सेवा वन क्षेत्रबाट उपलब्ध हुँदै आएकोले वनमा डढेलो लाग्न नदिन र यसलाई नियन्त्रण गर्न सबैले ध्यान दिन आग्रह गरिएको थियो। कार्यक्रम जिल्ला वन अधिकृत विशाल घिमिरे, सहायक वन अधिकृत कर्णबहादुर पाण्डेय, अन्य कर्मचारीहरु जिल्लास्थित विभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारहरु सहभागिता रहेको थियो।           

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.