ब्राम्हण समुदायका महिलाहरु बढी पीडित

|
प्रतिकात्मक तस्विर

काठमाडौं : राष्ट्रिय महिला आयोगमा पछिल्लो समय शिक्षित महिला पीडित भएको भन्दै मुद्दा दायर हुने गरेको पाइएको छ। आर्थिक हिंसा र मानसिक हिंसा परिवारबाट दिने गरेको भन्दै उजुरी दिनेको संख्या बढेको आयोगले जनाएको छ।

आयोगका अनुसार ४१ प्रतिशत शिक्षित महिला पीडित भएको भन्दै आयोगमा दर्ता गरेका छन्। एसएलसी सम्मको अध्ययन गरेका १५ प्रतिशत, उच्च माध्यमिक सम्म १६, स्नातक तह सम्म ७ र स्नातकोत्तर सम्म ४ जना छन्।

सबैभन्दा नजिकका आफन्तबाट महिलाले पीडा भोग्ने गरेका छन्। बढीजसोले पतिबाट पीडा भोग्ने गरेका आयोगले जनाएको छ। श्रीमानबाट ६७ प्रतिशत, परिवारका नजिकका आफन्तबाट १६ प्रतिशत, आफूले विश्वास गरेका ४, अज्ञात सम्बन्ध ८, छिमेकीबाट ३, पुरानो प्रेमी १, साथीहरु १ र आफ्नै कार्यस्थलमा आफ्नै सहकर्मी कर्मचारीबाट १ प्रतिशत महिलाहरु पीडित हुने गरेका आयोको तथ्यांकमा छ। 

सामान्य लेखपढ २८,प्राथमिक तहसम्म अध्ययन गरेका १३ प्रतिशत र माध्यमिक तहसम्म अध्ययन गरेका १७ प्रतिशत छन्।

२६ देखि ४० वर्षका महिला बढी पीडित छन्। दोस्रोमा १६ देखि २५ वर्षका, तेस्रोमा ४१ देखि ६० वर्षका १५ र ६० वर्षदेखि माथि २ प्रतिशत छन्। विवाहित ८४, एकल १०, एकल महिला ३, सम्बन्धविच्छेद २ र अन्यमा १ प्रतिशत छन्।

जात अनुसार महिला पीडित

त्यसैगरी, जातका हिसाबले कुरा गर्ने हो भने ब्राम्हण समुदायका महिलाको बढी उजुरी हुने गरेको छ। जसअनुसार ब्राम्हण समुदायका ४४ प्रतिशत, पहाडी क्षेत्रका जनजाति महिला २४, उस्तै समुदायका जनजाति १६, पहाडी क्षेत्रमा बसेका दलित १०, तराईका जनजाति २, धार्मिक रुपमा अल्पसंख्यक रहेका १ प्रतिशत र दलित समुदायका १ प्रतिशत महिला पीडित रहेका तथ्यांकले जनाएको छ।

दुई नम्बर प्रदेशबाट महिला सम्बन्धी हुने घरेलु हिंसा तथा लैङ्गिक हिंसाको कम मुद्दा पर्ने गरेको पाइएको छ। तराईका अधिकांश जिल्लामा महिला हिंसाका संबन्धीका मुद्दाहरु गुपचुप मिलाएर राख्ने भएकोले यस्ता घटनाहरु बाहिर सार्वजनिक हुँदैनन्।

सम्पत्तिसंबन्धी मुद्दा, नागरिकता  नबनाएका, बहुविवाह, बच्चाको जन्मदर्ता नबनाएका, विवाह दर्ता, यौन हिंसा, शारीरिक हिंसा, आर्थिक दबाब र महिलामाथि कुटपिटजस्ता उजुरी पर्ने गरेका छन्।

लकडाउन यता सबैभन्दा बढी महिलामाथि भएका हिंसाका घटना बागमती प्रदेशमा घटेको आयोगमा उजुरी परेको छ। आयोगका अनुसार घरेलु हिंसा ६ सय ९७ र  महिलामाथि हुने हिंसा १ सय १९ घटेका छन्।

प्रदेश २ मा घरेलु हिंसा ५४ र बाहिरका मानिसबाट हुने हिंसा १७ वटा घटना दर्ता भएको आयोगले जनाएको छ। हालसम्म घरेलु हिंसाका १ सय १६ र बाहिरका मानिसबाट २९ महिलामा हिंसा भएको थियो।

प्रदेश ५ मा घरेलु हिंसा ७३ र अन्य घटना ११, प्रदेश १ मा घरेलु हिंसा ६९ र महिलामाथि हुने हिंसा १६, सुदूरपश्चिममा घरेलु हिंसा ५२ र अन्य नखुलेका क्षेत्रबाट घरेलु हिंसा २२ र अज्ञात मानिसबाट १० वटा घटना भएका छन्।

बागमती प्रदेशमा सबैभन्दा बढी पीडित

जनसंख्याको बढी चाप भएका कारण पनि बागमती प्रदेशमा महिला हिंसाका घटना बढी देखिएका र त्यस्ता घटना चाँडै उजुरी गरिहाल्ने हुँदा यस प्रदेशमा महिला हिंसा बढी हुने गरेका आयोगका एक कर्मचारी बताउँछन्।

उनका अनुसार अहिलेसम्म आयोगमा दर्ता भएका उजुरी बागमती प्रदेशका छन्। बागमती प्रदेशमा घरेलु हिंसा ३ हजार ५०, घरदेखि बाहिरका मानिसहरुबाट ४ सय ३ छन्। 

सात महिनामा महिलामाथि हुने विभिन्न हिंसासम्बन्धी घटना गरी ९ सय ६३ वटा उजुरी परेको छ। महिलामाथि हुने सबैभन्दा बढी घरेलु हिंसा ८ सय ३७ र महिला विरुद्ध हिंसा १ सय २६ वटा उजुरी परेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.