|

नुवाकोट : बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडकखण्डको गैरीगाउँमा मोटरसाइकलको ठक्करबाट स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ। 

पैदल हिँडिरहेका ४५ वर्षीय श्रेष्ठलाई बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए। उनका अनुसार ठक्कर दिने वा प्र ०२–०१९ प ६०७९ नम्बरको मोटरसाइकल र चालक विदुर नगरपालिका–३ का ३१ वर्षीय यमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तारुकाबाट महादेवफाँटतर्फ तीव्रगतिमा आउँदै गरेको मोटरसाइकलले करिब ८ बजेतिर पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो। उक्त घटनाको विरोधमा स्थानीयवासीले राति अबेरसम्म सडक अवरुद्ध गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.