|

पाँचथर : सडकको ट्रयाक खोल्दै गरेको स्काभेटर पल्टिँदा चालकको मृत्यु भएको छ। निर्माणाधिन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्रयाक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर बिहीबार दिउँसो चिप्लिएर दुर्घटना भएको हो।

अप्ठ्यारो भीरमा ट्रयाक खोल्दै गरेको स्काभेटर चिप्लिएर करिब पाँच सय मिटर तल झरेर दुर्घटना भएको हो। दुर्घटनामा स्काभेटर चालक दोलखाको तामाकोशी गाउँपालिका–३ पुरानोगाउँका २८ वर्षीय पवन महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

उक्त दुर्घटनामा चालकको टाउको र शरीर फरक–फरक स्थानमा फेला परेको प्रहरीले जनाएको छ। तारे भीरबाट झरेको स्काभेटर तीन टुक्रा भएको छ। चालकलाई स्काभेटरको धारिलो भागले काटेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

सामुदायीक वन क्षेत्र भएकाले यहाँ सडक विस्तारको कार्य लामो समयदेखि अवरुद्ध थियो। हालैमात्र यहाँ सडकको ट्रयाक खोल्ने काम सुरु भएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.