|

काठमाडौं : यहाँको तारकेश्वर नगरपालिका-७ फुटुङमा शनिबार नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

जयन्तीपुर एकता टोल सुधार समितिको आयोजनामा भएको कार्यक्रममा टोलभित्रका विकास निर्माणका कामबारे छलफलसमेत भएको छ।

कार्यक्रममा  बागमती प्रदेशसभा सांसद योगेन्द्र संग्रौला, तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, वडा नम्बर १ साङ्लाका अध्यक्ष विदुर सापकोटा, मनमैजु प्रहरी बिटका इन्चार्ज रेसम थापामगर लगायतको उपस्थिति रहेको थियो।

यसैगरी, स्थानीय सीताराम रेग्मी, लेखनाथ फुँयाल, विभिन्न वडाका अध्यक्ष पनि सहभागी रहेको स्थानीय बासुदेव कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.