|

एपी : इलेक्टोनिस सामानमा लुकाएर राखेको बममार्फत अतिवादीहरुले प्यासेन्जर जेटमा हमाला गर्ने सुचना आएपछि अमेरिकाले मध्यपूर्वका १० वटा विमानस्थलबाट आफ्नो देश भित्रने विमानहरुका क्याविनमा इलेक्ट्रोनिक डिभाइस बोक्न रोक लगाएको छ।

अमेरिकी वरिष्ठ अधिकारीका अनुसार ८ देशबाट आउने ९ एयरलाइन्सका जहाजका क्याविनमा ९६ घण्टासम्म ल्यापटप, ट्यावलेट लगायतका पोर्टेवल डिभाइसमा रोक लगाइनेछ। यात्रुहरुले स्मार्टफोन तथा त्योभन्दा सानो आकारका डिभाइस भने प्रयोग गर्न पाउनेछन्।  मोबाइलको पनि जाँच गरिनेछ।

प्रतिदिन ५० फ्लाइट लाग्ने मध्यपूर्वका व्यस्त हबसहित टर्की र उत्तर अमेरिकामा पनि यो आकस्मिक निर्देशन लागु हुनेछ। 'गुप्तचरबाट आएको सुचनाका आधारमा यस्तो गरिएको हो। यो यात्रुहरुको सुरक्षाकै लागि गरिएको हो,' एक अमेरिकी अधिकारीले भनेका छन्।

गुप्तचरले दिएको सुचनाका विषयमा भने अधिकारीहरुले थप केही बताएका छैनन्। तर गत वर्षको फेब्रुअरीमा डाल्लो एयरलाइन्सको जेटमा सानो डिभाइसमार्फत एक व्यक्तिले प्वाल पारेका कारण अमेरिकाले यसपटक यस्तो सतर्कता अपनाएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम एपीले जनाएको छ। त्यतिबेला ति बम हमालाकारीलाई मारेर विमानलाई सुरक्षित अवतरण गराइएको थियो।

अमेरिकी सञ्चारमाध्यम सीएनएनले एक अधिकारीको हवाला दिदैं अरबी पेनिन्सुलस्थित अल कायदाको धम्कीका कारण यस्तो गरिएको उल्लेख गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.