|

मुम्बई : महाराष्ट्र विधानसभामा गत साता बजेट पेस गर्ने क्रममा हंगामा गरेका कारण विपक्षी दल कांग्रेस र राकांपाका १९ विधायकलाई सदनबाट नौ महिनाका लागि निलम्बन गरिएको छ।
संसदीय मामलामन्त्री गिरिश बापटले यससम्बन्धमा एक प्रस्ताव पेस गरे र त्यसलाई विधानसभाले स्वीकार गर्यो। यसपछि कांग्रेसका नौ र राकांपाका १० सदस्यलाई ३१ डिसेम्बरसम्म सदनबाट निलम्बन गरियो।

बापटले भने कि विपक्षी विधायकहरुले लज्जास्पद र असंवैधानिक व्यवहार गरेका थिए। उनले हरेकलाई अभिव्यक्तिको अधिकार रहेको तर राज्यको बजेटको प्रति सदनबाहिर जलाउनेजस्तो घटना कहीँ कहिल्यै नभएको बताए।
उनले ती सदस्यहरुलाई व्यानर देखाएको, नारा लगाएको र अध्यक्षको निर्देशनलाई अनादर गरेका कारण निलम्बन गरिएको जानकारी दिए।
निलम्बन गरिएका सांसदमा कांग्रेसका अमर काले, विजय वाडेतिवार, हर्षवद्र्धन सकपाल, अब्दुल सत्तार, डीपी सावंत, संग्राम थोप्टे, अमीत जनक, कुणाल पाटिल, जयकुमार गोरे छन्। यसरी नै राकांपाका भाष्कर जाधव, जितेन्द्र अवहाद, मधुसूदन केंद्रे, संग्राम जगतप, खवधूत तटकरे, दीपक चव्हाण, दत्ता भरने, नरहरि जीरवल, वैभव पिचाड र राहुल जगतप रहेका छन्।
विपक्षका नेता राधाकृष्ण विखे पाटिलले सरकारले सबै विपक्षी विधायकलाई निलम्बन गर्न सक्ने बताउँदै तर उनीहरुले किशानका मुद्धा उठाइरहने दाबी गरे।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.