|

पथरी मोरङ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी र कानेपोखरी सडकखण्डमा पर्ने छधारेमा गएराति बस दुर्घटना हुँदा मृत्यु हुनेमध्ये तीन जनाको सनाखत भएको छ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार घटनामा मोरङको लेटाङ–३ का मोटरसाइकल चालक तिलक लिम्बू र मोटरसाइकलमा सवार देवेन्द्र लिम्बू तथा बसमा सवार झापाका पुरुषोत्तम सुवेदी र नाम नखुलेकी एक महिलाको मृत्यु भएको हो।  दुर्घटनामा घाइते १९ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक कार्कीका अनुसार काँकडभिट्टाबाट बुटवल जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको मुक्तिनाथ डिलक्स बसको अगाडिको टायर पड्किएर दुर्घटना भएको हो। टायर पड्किएर अनियन्त्रित भएको बस विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिई सडकको उत्तरतर्फ पल्टिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.