|

कालिकोट : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विकासलाई भरपूर उपयोग गर्न आर्थिक हिसाबले सम्पन्न र गरिबी अन्त्य हुनुपर्ने बताएका छन्।

आइतबार नेपाल पत्रकार महासंघ कालिकोटले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले 

कालिकोटको राजनितिक नेतृत्वलाई नेपाल पत्रकार महासंघ कालिकोटले गज्जबको च्यालेन्ज दिइसकेको र पत्रकार महासंघले गर्ने जिम्मेवारी र भूमिका पूरा गरेको बताए।

गएको चैत २५ गते भएको नेपाल पत्रकार महासंघको चुनावमा कालिकोटले छलफलबाट सर्वसम्मत गरेको पदीय बाँडफाँट उदाहरणीय भएकोमा प्रशंसा गरे। त्यसले राजनिति गर्नेहरूलाई राम्रो सन्देश दिएको पनि उनले बताए।

अब कालिकोटको विकास गर्न यहाँका सबै राजनितिक पार्टी एक ठाउँमा उभिनुपर्ने बेला आएको मुख्यमन्त्री शाहीले बताए।

आआफ्नो राजनितिक आस्था फरक ठाउँमा भए पनि जिम्मेवारी र एजेण्डा नेपाल पत्रकार महासंघको साझा भएको उनले बताए। जो जुन पदमा भए पनि कालिकोट जिल्ला निमार्ण गर्ने कुरा साझा एजेण्डा रहेको र विकास निर्माण गर्न सबै एक ठाउँमा उभिएर सहकार्य गर्नुपर्ने र छलफल गर्नुपर्नेमा सबैले जोड दिनुपर्ने उनले बताए।

फरक प्रसंगमा उनले नेकपा विभाजनपछि देखिएका समस्याहरु क्रमशः चिसिँदै जाने र परिस्थितिअनुसार हुने पनि बताए। जनताले दिएको भारी मतको कदर गर्दै मुख्यमन्त्री शाहीले आफूले नागरिकलाई कहिल्यै पनि नबिर्सिने पनि बाचा गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.