|

रुकुम (पूर्व) : जिल्लाको भूमे गाउँपालिका–८ मा सडक खन्ने क्रममा स्काभेटर पुरिएर एकजनाको मृत्यु भएको छ। भूमे–८ स्थित पुर्साबाङमा सडक खन्ने क्रममा माथिबाट आएको सुक्‍खा पहिरोले रा१क १२३३ नम्बरको स्काभेटर पुरिँदा अपरेटरको मृत्यु भएको हो।

आइतबार अपराह्‍न करिब साढे ४ बजेतिर सडक खन्ने क्रममा माथिबाट आएको सुक्खा पहिरोले पुरिँदा स्काभेटरका अपरेटर भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार साँझ प्रहरी घटनास्थलमा पुगेको थियो। सोमबार बिहानबाट मात्र पहिरोमा पुरिएको स्काभेटरबाट शव उद्धार गरिएको इलाका प्रहरी कार्यालय भूमे–२ खाबाङ बगरका इञ्चार्ज शुविन शाहले जानकारी दिए। शाहका अनुसार पुर्साबाङ–रुकुमकोट–कुचिवाङ–कोर्जा–तामरी–लावाङ कृषि सडक खण्ड खन्ने क्रममा  पुर्साबाङमा उक्त घटना भएको हो। उक्त सडक खण्ड साकार निर्माण कम्पनीले ठेक्का लिएर काम गर्दै रहेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.