सरोकारवालाले बेवास्ता गरेको स्थानीयको गुनासो

|

कालीकोट : कालीकोटको सदरमुकाम रहेको खाडाचक्र नगरपालिका र नरहरिनाथ गाउँपालिकालाई जोड्ने जितेबजारस्थित झोलुङ्गे पुल जीर्ण बनेको छ। यस पुलले कर्णाली राजमार्ग र कर्णाली करिडोरलाई पनि जोड्छ।

वर्षौंअघि निर्माण भएको पुल जीर्ण भएपछि त्यस क्षेत्रका नागरिकलाई आवतजावतमा सास्ती भएको छ। कर्णाली नदीमाथि उक्त पुलबाट दिनहुँ करिब ५०० जना ओहोरदोहोर गर्छन्।  पुल जीर्ण भइसक्दा पनि सराकारवाला निकायले चासो नदिएको कम्मर बम बताउँछन्। उनले भने, ‘जितेको झुलङ्गे पुलको पुनर्निर्माणका लागि कसैलाई चासो छैन, अहिले पुलको लाट्ठा, स्टील डेकमा खिया लागिसकेको छ, साइडको मेश जाली गइसकेको छ।’

झोलुङ्गे पुलमा रहेको जाली च्यातिएको छ। सर्वसाधरण जोखिम मोलेर आवातजावत गर्न बाध्य छन्। कालीकोटका पाँच स्थानीय तहले विकासका लागि ल्याएका सामग्रीहरु त्यही पुलबाट पार्ने भएकाले पनि पुल जीर्ण बनेको स्थानीयको गुनासो छ।

जिते बजारस्थित कर्णाली नदीमा फेरी सञ्चालनमा थियो। त्यो फेरी गत असारमा आएको बाढीले बगाएपछि पुनः सञ्चालनमा आएको छैन।

यहाँको पुल पलाँता, पचालझरना, सान्नीत्रिवेण र नरहरीनाथ गाउँपालिकाका साथै रास्कोट नगरपालिकाका सर्वसाधरणहरुले प्रयोग गर्छन्। पुलमा दिनहुँ सरकारी तथा निजी मोटरसाइकहरुले आवतजात गर्छन्। मान्छे र पशुका लागि बनाइएको झोलुङ्गे पुलमा मोटरसाइकल, निर्माण सामग्रीहरु ओसार्दा पुल जीर्ण बनेको स्थानीयहरु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.