|

काठमाडौं : राजधानी काठमाडौंसहित आसपासका क्षेत्रमा मेघगर्जनसहित असिनापानी परेको छ। शुक्रबार राति मेघगर्जनसहित असिनापानीले केहीबेर काठमाडौंका सडक जमिन असिनाले ढाकिएका थिए।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले क्युमोलोनिम्बस नामक बादलका कारण असिनापानी परेको जानकारी दिए।

‘असिना पार्ने बादल क्युमोलोनिम्बस हो। यो बादलको प्रणाली अझ डेढ घण्टा रहन सक्छ’, मौसमविद् श्रेष्ठले भने, ‘काठमाडौं र उत्तरतिरका स्थानसहित मध्य नेपालका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जसहित असिना पानी पर्‍यो।‘  

यो बादल चट्याङ पार्ने बादल भएकोले खुला स्थान तथा अग्लो रुखमुनी नबस्न उनले सुझाव दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.