|

सुर्खेत :  आफू मरेर पनि अरूलाई बचाउन सफल विमान चालक स्वर्गीय क्याप्टेन दिनेश न्यौपानेको सम्झनामा क्याप्टेन दिनेश प्रतिष्ठान स्थापना गरिएको छ। क्याप्टेन दिनेश न्यौपानेको सम्झनामा वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी दिनेश प्रतिष्ठानको स्थापना गरिएको प्रतिष्ठानको आर्ट अफ लिभिङ नेपालका अभियन्ता डा.कञ्चन घिमिरेले प्रतिष्ठानको उद्घाटन गरेका हुन्।

प्रतिष्ठानको उद्घाटन गर्दै घिमिरेले क्याप्टेन दिनेशको नाममा शोकलाई आँसु बगाएर उनको सपना पूरा गर्न नसकिने भन्दै अब शोकलाई शक्तिमा बदल्नुपर्ने बताए। प्रतिष्ठानले गैरराजनीतिक, गैरसरकारी, मुनाफारहित संस्था भएको भन्दै प्रतिष्ठानका अध्यक्ष दीपेन भूषालले कर्णाली अञ्चलका विद्यार्थीलाई सहयोग गर्ने बताएका छन्।

प्रतिष्ठानका उपाध्यक्ष तथा क्याप्टेन दिनेशकी दिदी कृष्णा न्यौपानेले सम्झनामा क्याप्टेन दिनेश’ कृतिबाट संकलन भएको रकम प्रतिष्ठानका विभिन्न कार्यक्रममा गरिएको बताइन्। प्रतिष्ठान शुभारम्भ कार्यक्रममा स्वर्गीय क्याप्टेन दिनेशका बुबा मानदत्त न्यौपाने र आमा वीरलक्ष्मी न्यौपानेको समेत उपस्थिति रहेको थियो।

नेपालगञ्जबाट जुम्लाका लागि उडेको ९ एन ए जेबी काष्ठमाण्डप एयरको जहाज २०७२ साल फागुन १४ गते कालिकोटको चिलखाया भन्ने स्थानमा दुर्घटनामा पर्दा जहाजमा सवार ९ जना यात्रु सकुशल रही विमानका सहचालक सन्तोष राना र क्याप्टेन दिनेश न्यौपानेको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.