|

विराटनगर : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित भए मधेसी मोर्चा निर्वाचनमा सहभागी हुन तयार रहेको बताएका छन्।

तराई मधेस लोकतान्त्रिक पार्टी जिल्ला कार्य समिति मोरङले शनिबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले मधेसी मोर्चा निर्वाचनको विरोधी नभएको भन्दै निर्वाचनका लागि आपूmहरुसँग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने बताए।

अध्यक्ष ठाकुरले संविधान संशोधनका विषयमा दलहरुबीच सैद्धान्तिक सहमति भए पनि अहिलेसम्म ठोस सहमति भने हुन नसकेको जानकारी दिए। उनले सीमांकनलाई थाती राखेर निर्वाचनमा भाग लिन नसकिने पनि दोहोर्‍याए ।

निर्वाचनमा सबैको सहभागिता गराउन संविधान संशोधन आवश्यक रहेको उनको भनाइ थियो। अध्यक्ष ठाकुरले निर्वाचन स्थगित गरेर मोर्चासँग भएको सम्झौता कार्यान्वयनपछि सबैको निर्वाचनमा सहभागिता हुने र निर्वाचनले सार्थकता पाउने दाबी गरे।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.