|

डडेलधुरा : जिल्लामा एक प्रहरीले पाँच सयभन्दा बढी नागरिकलाई सुरक्षा दिनुपर्ने अवस्था छ। जिल्लाको जनसंख्याअनुसार एक प्रहरीले पाँच सय ११ नागरिकको सुरक्षा दिनुपर्ने अवस्था रहेको हो।

जिल्लामा हाल एक नायब उपरीक्षक, दुई निरीक्षक, आठ नायब निरीक्षक, २६ सहायक निरीक्षक, ६१ हवल्दार र एक सय ७२ जना जवान गरी २ सय ७८ जना प्रहरी रहेका छन्। जिल्लामा एक इलाका प्रहरी कार्यालय जोगबुडासहित १४ वटा प्रहरी चौकी रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

यस्तै जिल्लामा तीन वटा अस्थायी प्रहरी चौकी रहेका छन् भने एक प्रहरी बिट रहेको कार्यालयले जनाएको छ। जिल्ला तथ्याङ्क कार्यालय डडेलधुराले दिएको जनाकारी अनुसार २०६८ सालको जनगणना अनुसार जिल्लामा ७५ हजार ५ सय ३८ महिला र ६६ हजार ५ सय ५६ पुरुष गरी  एक लाख ४२ हजार ८४ जना नागरिक रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.