|

एजेन्सी : क्रिष्ट्रियानो रोनाल्डो र लियोनल मेसीबीच लामो समयदेखि उत्कृष्टताको विषयलाई लिएर तुलना हुँदै आएको छ। पछिल्लो दशक विश्‍व फुटबलका ठुला व्यक्तिगत उपाधि यी दुई खेलाडीकै नाममा छ। रोनाल्डोले पछिल्लो ९ वर्षभित्र ४ पटक फिफा वर्ष खेलाडीको उपाधि जितेका छन् भने मेसीले ५ पटक।

गत वर्ष फिफा वर्ष खेलाडीको अवार्ड जितेका पोर्चुगिज खेलाडी रोनाल्डोले यस सिजन मेसीलाई कमाईमा पछि परेका छन्। फ्रान्स फुटबलका अनुसार रोनाल्डो यस सिजन सबैभन्दा धेरै कमाउने फुटबलर हुन्।

फ्रान्स फुटबलले खेलाडीले फुटबल खेलेर पाउने तलब, बोनस तथा विज्ञापन र विभिन्न अभियानमा सहभागी भएबापत पाउने रकमको हिसाब निकालेर यो सुचीको तयार पारेको छ। शीर्ष स्थानमा रहेका रोनाल्डोले सन् २०१६-०७ को सिजन ८७ दशमलव ५ मिलियन युरो कमाएका छन्। मेसीले यस अवधिमा ७६ दशमलव ८ मिलियन युरोमात्रै कमाए। तेस्रो स्थानमा बार्सिलोनाकै नेइमार छन्। उनले ५५ दशमलव ५ मिलियन युरो कमाए।

रियल म्याड्रिडमा रोनाल्डोसँगै खेल्ने ग्यारेथ बेल यस सुचीको चौथो स्थानमा छन्। उनले रोनाल्डोले भन्दा आधा पैसा पनि कमाउन सकेनन्। उनले यस सिजन ४१ मिलियन युरो कमाए।

यस सुचीमा पाँचौ स्थानमा पर्ने खेलाडी भने युरोपबाहिर खेल्छन्। अर्जेन्टिनी स्टार इजिक्वेल लाभेज्जी अहिले हिबेइ चाइना फर्टुनबाट खेलिरहेका छन्। उनले यस सिजन २८ दशमलव ८ मिलियन युरो कमाए। केही समयअघि मात्रै चीनियाँ सुपर लिगमा आबद्ध भएपछि विश्‍वकै सर्वाधिक तलब खाने फुटबल खेलाडी बनेका कार्लोस् टेभेच यस सुचीमा छैनन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.