|
Photo : consciousmovement.org

काठमाडौं : नेपालमा १ रुपैयाँ आर्जन गर्न औसतमा ५ रुपैयाँ २० पैसा लगानी गर्नुपर्ने देखिएको छ। राष्ट्रिय योजना आयोगले केही समयअघि सार्वजनिक गरेको १४औं योजनाको आधारपत्रले यस्तो देखाएको हो।

आधारपत्रमा चालू आवधिक योजनामा औसत सीमान्त पूँजी उत्पादन अनुपात (आईसीओआर) ५ दशमलव २ हुने उल्लेख छ। साथै सो योजना अवधिमा वार्षिक औसत ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने लक्ष लिएको छ। सोही आधारमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेटको तयारीमा सरकार जुटेको छ।

दिइएको पुँजी उत्पादन अनुपातका आधारमा लक्षित आर्थिक वृद्धि प्राप्त गर्न कुल पुँजीगत लगानी वार्षिक ३५ प्रतिशतको हाराहारीमा बढ्नुपर्ने विश्लेषकहरु बताउँछन्। उल्लिखित आईसीओआरका आधारमा लक्षित आर्थिक वृद्धिदर प्राप्त गर्न योजना अवधिभर कुल २४ खर्ब २५ अर्ब स्थिर लगानी आवश्यक पर्ने औँल्याइएको छ।

योजनाको पहिलो वर्ष ६ खर्ब ७० अर्ब अनुमान गरिएको लगानी दोस्रो वर्षमा करिब १८ प्रतिशतको वृद्धिसहित ७ खर्ब ९० अर्ब पुग्ने बताइएको छ। साथै, तेस्रो वर्षमा त्यस्तो लगानी २२ प्रतिशतको वृद्धिसहित ९ खर्ब ६६ अर्ब पुग्ने तथ्याङ्कले देखाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.