|

इन्डोनेसियामा बुधबार भूकम्प गएको छ। देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन्। भूकम्पले गरेको क्षतिबारे पनि कुनै विवरण प्राप्त भएको छैन। स्थानीय समयअनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो।

भूकम्पले पारेको असरबारे विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन्। इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.