|

ओखलढुंगा : ओखलढुंगा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ। ओखलढुंगाको सिद्दिचरण नगरपालिका–४ रुम्जाटारका ६७ वर्षीय वीरबहादुर ठटालको घरनजिकै बारीको डिलबाट लडेर मृत्यु भएको हो।

बिहीबार बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अवस्थामा परिवारले फेला पारी घरमा ल्याउन साथ मृत्यु भएको थियो। घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

त्यस्तै, शुक्रबार बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका ३ का ३९ वर्षीय जयकुमार राईको सोही स्थानको फुस्रेडाँडाको भीरबाट लडेर मृत्यु भएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पौवासार्तापबाट प्रहरी टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.