|

ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक प्राविधिक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्राधिकरणमार्फत नगरपालिकामा कार्यरत सब–इन्जिनियर राजन पासवान रहेका छन्।

सिद्धिचरण नगरपालिका-१ मा कार्यरत पासवान मंगलबार निसंखेका सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका हुन्।

पासवानलाई असार मसान्तमा पुनर्निर्माण लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै लिएको ३० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए। मंगलबार घुस लिएको अवस्थामा पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि आज (बुधबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काठमाडौं टंगाल पठाइएको पनि काफ्लेले जानकारी दिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.