|

 गुल्मी : प्रहरी चौकी वामी गुल्मी र दुई विद्यालयहरुलाइ गुल्मीका एक दम्पतीले प्रहरी चौकीका लागि प्रतीक्षालय बनाएर सहयोग प्रदान गरेका छन्। साविकको वामी गाविस तथा मुसीकोट नगरपालिकाको वडा नम्बर ८ घर भई हाल काठमाडौं बस्ने लालमणि सापकोटा र उनीकी धर्मपत्नी गंगादेवी सापकोटाले सो सहयोग गरेका हुन्।

निजहरुले करिब २ लाखको लगानीमा प्रहरी चौकी वामीमा प्रतीक्षालय निर्माण गरिदिएका हुन्। आइतबार एक कार्यक्रमको आयोजना गरी प्रतीक्षालयको समुद्घाटन सो प्रतीक्षालय प्रहरी चौकीलाई वामीलाई हस्तान्तरण गरिएको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रहरी उपरीक्षक भोला बहादुर रावल, सहयोग दाता सापकोटा दम्पती, सहभागिता रहेको थियो।

कार्यक्रममा दानवीर सापकोटा दम्पतीले वामीका दुई विद्यालयलाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरुले वामीको महेन्द्र आदर्श माविलाई १ लाख १ हजार, शारदा विद्या मन्दिर मावि वामी मैदानलाई ५१ हजार सहयोग गर्ने जानकारी दिए। उनी विगत लामो समयदेखि सामाजिक कार्यहरुमा समावेश हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.