|
फाइल फोटो थाहाखबर

काठमाडौं : 'देश खारेज गर' भनेको भन्दै अहिले सोसल मिडियामा नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीको चर्को आलोचना भइरहेको छ। आइतबार निर्वाचन कार्यालय घेराउका क्रममा प्रहरीले पक्राउ गरेपछि यमीले 'यो देशलाई खारेज गर' भन्ने नारा लगाएको चर्चा सोसल मिडियामा छ।

प्रहरी भ्यानबाट आक्रोशित हुँदै उनले चिच्याएको भिडियो पनि भाइरल बनिरहेको छ। ट्वीटरमा #ArrestHisilaYami ह्यासट्याग नै चलाएर उनलाई पक्राउ गर्न माग गरिँदैछ।

के साँच्चै हिसिलाले 'देश खारेज गर' भनेकै हुन् त ? साँझ आफूले चिच्याएको भिडियो देखेपछि हिसिला स्वयम् अचम्मित भएको उनकी निकट स्रोतले जानकारी दियो। 'लौ मैले त्यसो भनेँ र ?' भन्दै उहाँले आश्चर्य व्यक्त गर्नुभयो,' स्रोतले थाहाखबरसँग भन्यो।

यस विषयमा प्रस्ट पार्न यमीले सोमबार अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्दैछिन्।

हेर्नुहोस् छानिएका केही ट्वीटहरु:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.