६ वटा पशुचाैपाय जलेर नष्ट

|

ओखलढुंगा : जिल्लाको मानेभज्याङ गाउँपालिकामा आगलागीमा हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ।

आइतबार दिउँसो मानेभज्याङ गाउँपालिका-६ का स्थानीय भक्तिसरी राईको गोठमा आगलागी हुँदा बालिकाको ज्यान गएको हो। सिन्धुली फिक्कल गाउँपालिकाबाट माइती आएकी समिता राई खड्काकी ४ वर्षीया छोरी आगोमा परेकी हुन्। 

बालिकासँगै गोठभित्र रहेको दुई वटा गाई र चार वटा खसी बाख्रासमेत जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ।

बालिकाले गाईगोठभित्र लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

घटनाको विषयमा थप अनुसन्धानका लागि मानेभज्याङ प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गएको प्रहरी प्रमुख काफ्लेले बताए। घटनाको विषयमा थप विवरण आउन बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.