|

सिरहा : धनगढीमाई नगरपालिका-५ सन्तनगरमा यात्रुबाहक बस पल्टिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना यात्रु घाइते भएका छन्। 

पूर्वपश्चिम राजमार्गको जिरोमाईलबाट सीमावर्ती बरियारपट्टि जाँदै गरेको बा२ख ७१ नम्बरको यात्रुवाहक बस मंगलबार अपराह्न सन्तनगरमा बस अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा सिरहा बरियारपट्टी गाउँपालिका-३ शिवनगरका ३५ वर्षीय गणेश मुखियाको घटनास्थलमै मृत्यु भएको हो।

बसमा २५ देखि ३० जना यात्रु सवार रहेकोमा १५ जना घाइते भएका इलाका प्रहरी कार्यालय सुखिपुरले जनाएको छ।

घाइतेहरूको स्थानीय आरके मेडिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा सवार एक यात्रुका अनुसार तीव्र गतिका कारण बस सडक छेउको खेतमा पल्टिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.