|

काभ्रे : बनेपा बजारमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले दिएको जानकारी अनुसार बनेपा चारदोबाटोबाट धुलिखेलतर्फ जाँदै गरेको बा ४ ख ३५५१ नम्बरको टिपरले तरकारी बजारमा  ठक्कर दिदाँ रामेछाप स्थायी घर भएका २३ वर्षीय विनोद मोक्तानको मृत्यु हो।

मृतकको शव बनेपास्थित शिरमेमोरियल अस्पतालमा राखिएको छ। तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.