|

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह भदुवारमा बस र मोटरसाईकल एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार नीलकण्ठ नगरपालिका वडा नं ३ रिजालथोककी अन्दाजी ३५ वर्षीया सुशीला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए।

मलेखुतर्फबाट धादिङबेसी आउदै गरेको बा १६ प ६६८५ नम्बरको मोटरसाइकललाई सोहितर्फबाट आउदै गरेको बा ५ ख १२५० नम्बरको बसले ओभर टेक गर्ने क्रममा दुर्घटना भएको भण्डारीले बताए। दुर्घटनामा घाइते भएकी भुजेललाई उपचारको लागि धादिङ अस्पताल पुर्याइएको थियो।

अस्पताल पुगेको केहिवेरमै उनको मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ । बस,  मोटरसाइकल र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको मोटरसाइकल चालक भने सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.