|

रोल्पा : पहिरोको जोखिमका कारण स्थानान्तरण गरिएको रोल्पाको सुनछहरी गाउँपालिका–१ बाछेममा पहिरोले चार वटा घर बगाएको छ।

फुलिबनबाट पहिरोको उच्च जोखिम भएपछि गत वर्ष बाछेममा सारिएको बस्तीमा पनि पहिरो गएको हो। पहिरोले रणबहादुर घर्ती, टेकमाला घर्ती, गजमा घर्ती र मनपुरा घर्तीको घर बगाएको इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज प्रहरी सहायक निरीक्षक सूर्यलाल गुरुङले जानकारी दिए।

यस्तै अन्य पाँच वटा घरमा पनि आंशिक रुपमा क्षति पुग्नुकासाथै उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। दिलबहादुर घर्ती, चिमा घर्ती, धनमाला घर्ती, बिजयी घर्ती र दलबहादुर घर्तीको घर उच्च जोखिममा  छन्।

पहिरोले नयाँ बस्ती उच्च जोखिमा रहेकाले रातको समयमा सबै सुरक्षित ठाउँमा रहेकाले मानविय क्षति हुन नपाएको सुनछहरी गाउँपालिका–१ का वडाध्यक्ष महाविर रानाले बताए। प्रदेश सरकारको १५ करोड लगानीमा फुलिबनबाट ४० घर परिवारलाई बाछेममा सारिएको थियो।

नयाँ बस्ती पनि पहिरोले बगाएपछि प्रदेश सरकारको लगानी बालुवामा पानी भएको छ। गाउँपालिकाको अन्य ठाउँमा पनि पहिरोको जोखिम भएकाले उक्त ठाउँमा नयाँ बस्ती राखिएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनको भनाई छ।

भूगर्वविद् र स्थानीयको सुझावलाई नमानेर उक्त ठाउँमा बस्ती बसाल्दा यो अवस्था आएको स्थानीयको गुनासो छ। ‘घर बनाउँदा लागेको ऋण तिरेकै थिएन, अब घर पनि रहेन’ पहिरो पीडित मनपुरा घर्तीेले दुखेको गरिन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.