|

कालिकोट : कर्णाली प्रदेश सरकारका एक मन्त्रीमाथि बलात्कार आरोप लागेको छ। प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कूर्मराज शाहीमाथि तत्कालीन स्वकीय सचिवकी पत्नीलाई यौन दुर्व्यवहार गरेको भिडियोसमेत सार्वजनिक भएको छ।

प्रहरीको सम्पर्कमा पुगेका पीडितहरूले उक्त भिडियो ०७६ माघतिरको भएको बताएका छन्। त्यसबेला शाही प्रदेश सांसद थिए। प्रहरीमा यो घटना ढिलो गरी पुग्नुमा पीडितहरूले तत्कालीन सांसद एवम् अहिलेका मन्त्री शाहीसँग ‘रकमको बार्गेनिङ’ गरेको बताइएको छ। कानुन व्यवसायीसँग छलफल गर्न पठाइएका पीडित युवक गत शुक्रबार मध्यराति भेरी पुलमा कुटिएपछि प्रहरी गम्भीर बनेको छ। 

पीडित महिलाका अनुसार मन्त्रीका स्वकीय सचिवलाई छलफलका लागि भन्दै राति ९ गतेतिर गाडीमा राखेर मन्त्रीका अंकलका छोराले लगेका थिए। उनीहरु छिन्चु बजार पुगेर एक होटलमा मदिरापानसहित छलफल गरेका थिए। फर्केर आउँदा भेरी पुलमा विवाद भयो। विवाद पारिवारिक नै थियो।

तर घटना विवरणअनुसार छिन्चुमा लेनदेनको विषय नमिलेपछि उनीहरू वीरेन्द्रनगर फर्किएका थिए। वीरेन्द्रनगर फर्किने क्रममा स्वकीय सचिव र शाहीले पीडित महिलाका पतिलाई राति साढे १२ बजेतिर कुटपिट गरेका थिए। प्रहरीले साढे १ बजेतिर युवकको उद्धार गरेको थियो।

उनले पति सम्पर्कविहीन भएपछि आफूले ४ दिनदेखि केही नखाएको बताइन्। ‘मन्त्रीका स्वकीयले बोलाएर गएको, मध्यराति प्रहरीले भेरी पुलबाट उद्धार गरेको थाहा छ,’ उनले भनिन्, ‘त्यसयता उहाँको अत्तोपत्तो छैन।’ उनले पति फेला नपर्दासम्म बलात्कारको विषयमा केही नभन्ने बताइन्।

यता कृषिमन्त्री शाहीले सांसद हुँदा स्वकीय राखेका व्यक्तिले आर्थिक हिनामिना गरेकाले आफूले स्वकीयबाट हटाइसकेको र त्यसैको रिसमा पत्नीसँग नक्कली भिडियो बनाएर धम्की दिएको आरोप लगाए। उनले भने, 'यो बारम्बारको बार्गेनिङ हो। उसँग २ वर्ष अगाडिदेखि बोलचाल बन्द छ। विभिन्न योजना हालिदिनका लागि बारम्बार मलाई दबाब पनि दिएको छ।'

कृषि मन्त्री शाहीका पूर्व स्वकीय कसैको सम्पर्कमा छैनन। उनी पत्नीको सम्पर्कमा पनि छैनन्। मन्त्रीकै आफन्तले पूर्व स्वकिय सेजुवाललाई बेपत्ता बनाएको हुनसक्ने अनुमान गरिएको छ।

भिडियोमा पीडित महिला कोठाभित्रै देखिन्छिन्। बाहिरबाट ढोका ढकढक्याएको आवाज सुनिन्छ। पीडित महिलाले ढोका खोल्छिन्। खाटमा बस्ने बित्तिकै मन्त्री शाहीले उनलाई अंगालोमा बेर्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.