|
Photo : Goal.com

स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिड सहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको दिन बार्सलोना मालागासँग पराजित भएको छ।

पराजयसँगै बार्सा रियलभन्दा ३ अंकले पछि परेको छ। यदि यो खेल जितेको भए बार्सा एक खेल कम खेलेको रिलयसँग अंक बराबरी गर्दै गोलअन्तरका आधारमा लिगको शीर्ष स्थानमा उक्लिने थियो। तर, रियलले २ अंक गुमाउँदा बार्साले त्यसको फाइदा उठाउन सकेन।

बार्सालाई हराउन मालागाका साण्ड्रो रामिरेज र जोनीले गोल गरे। नेयमार रातो कार्ड पाउँदै मैदानबाट बाहिरिँदा ६५औं मिनेटबाट बार्सा १० खेलाडीमा सिमित भएको थियो।

यसअघि गएराति नै भएको मड्रिड डर्बी १-१ को बराबरीमा टुंगियो। रियलका लागि पेपे र एथ्लेटिकोका लागि एन्टोइन ग्रिजम्यानले गोल गरे। अंक तालिकामा ३० खेलबाट ७२ अंक जोडेको रियल पहिलो र ३१ खेलबाट ६९ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.